डोग्मा ग्रुपलाई कर्पोरेट क्रिकेट लिगको उपाधि
पहिलो संस्करणको गोदावरी स्टील्स कर्पोरेट क्रिकेट लिग टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि डोग्मा ग्रुपले जितेको छ ।
भेट्रान्स फोर्टी प्रालिले आयोजना गरेको प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा डोग्माले प्राइम बैंकलाई ६ विकेटले पराजित गर्यो ।
ललितपुरस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीको इन्डोर हलमा सम्पन्न खेलमा प्राइमले दिएको १०४ रनको लक्ष्य डोग्माले एक ओभर बाँकी हुँदै मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
डोग्माको लागि ओपनर आश्रय बस्नेतले अर्धशतक प्रहार गर्ने क्रममा अविजित ५७ रन बनाए । उनले मात्र २४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । कप्तान सुमन सिजापतिले अविजित २७ रन तथा निश्चल रिमालले १३ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको प्राइमको लागि नितेन मलेगोले २५, कृतार्थ शाक्यले २१, प्रवेश श्रेष्ठले अविजित १६ रन योगदान दिएका थिए । डोग्माको बलिंगतर्फ सगुन खड्का र सुमन सिजापतिले समान १/१ विकेट लिए ।
आजनै सम्पन्न प्रतियोगिताको सेमीफाइनलमा डोग्माले राष्ट्रिय वाणिज्य बैंकलाई ६ विकेटले पराजित गरेको थियो । दोश्रो सेमीफाइनलमा प्राइमले आईसीएफसी फाईनान्सलाई ६ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेता खेलाडीहरुलाई बुधबार विशेष कार्यक्रम गर्दै पुरस्कृत गर्ने कार्यक्रम रहेको आयोजक भेट्रान्स फोर्टीका संचालक तथा सचिव अनिल बर्तौलाले जानकारी गराएका छन् । लिगको विजेता र उपविजेतालाई ट्रफी पाउनेछन् । साथै विजेताले भने आगामी संस्कणमा निःशुल्क प्रवेश पाउनेछ । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याटर र बलरले थाइल्यान्ड भ्रमणको प्याकेज पाउनेछन् । उत्कृष्ट फिल्डर र विकेटकिपरले भने पोखराका लागि दुईतर्फी हवाई टिकट प्राप्त गर्ने छन् ।
चार दिनसम्म चलेको प्रतियोगितामा कुल २० टोलीको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण