मातृभूमि लघुवित्तको सीईओमा शर्मा नियुक्ति
बुधबार, ०५ भदौ २०८१, १२ : ०४
काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । २०८१ भदौ ५ गतेदेखि लागू हुनेगरी शर्मा ४ वर्षका लागि लघुवित्तको सीईओ नियुक्त भएका हुन् ।
२०८१ भदौ २ गते बसेको लघुवित्त सञ्चालक समितिको १४७ औं बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ शर्मा वगनासकाली–७, पाल्पाका हुन् ।
नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेसँगै मातृभूमि लघुवित्त वित्तीय संस्थाले नियामक नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्च, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण