रास्वपा बैठक
मुकुल ढकाललाई पार्टीबाट निष्कासन अघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय
बुधबार, ०५ भदौ २०८१, १२ : ०९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासनअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनलाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
उनलाई साधारण सदस्यबाट निष्कासनअघि ‘किन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने’ निर्णय भएको एक नेताले बताए । यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो । तर, उनको साधारण सदस्य भने कायमै थियो । पार्टीले पदबाट हटाएपछि उनले निरन्तर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण