इङ्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पुगे मिडफिल्डर गालाघर
काठमाडौँ । विभिन्न चरणको वार्तापछि अन्ततः इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली मिडफिल्डर कोनोर गालाघर इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन् ।
लामो समयदेखि उनी एट्लेटिकोमा आबद्ध हुने चर्चा चले पनि अहिले आएर त्यसले पूर्णता पाएको हो । कोनोर गालाघरलाई भित्राउन एट्लेटिको म्याड्रिडले तीन करोड ३० लाख पाउण्ड खर्चिएको समाचारमा जनाइएको छ ।
२४ वर्षीय गालाघरले एट्लेटिको म्याड्रिडसँग पाँच वर्षका लागि सम्झौता गरेका हुन् । गालाघर केवल ६ वर्षको हुँदा चेल्सीमा आबद्ध भएका थिए । सन् २०१९ मा चेल्सीको सिनियर टोलीमा ‘डेब्यू’ गरेका उनले क्लबका लागि ९० खेल खेल्दै १० गोल गरेका छन् ।
चेल्सीमै रहँदा उनले ऋणमा चार्लटन, स्वान्सी सिटी, क्रिस्टल प्यालेसलगायतका क्लबबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए । यसै महिनाको प्रारम्भमा गालाघरले म्याड्रिडको पाँच दिने भ्रमण गरेका थिए । सोही समयमा उनले एट्लेटिको छलफल गरेको अनुमान गरिएको छ ।
उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट पनि १८ खेल खेलिसकेका छन् । सन् २०२१ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका उनी सन् २०२२ को विश्वकप र सन् २०२४ को युरो कपमा पनि इङ्ल्यान्डको राष्ट्रिय टोलीमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सभाको सकसपूर्ण अङ्कगणितः एमाले–नेकपा गठबन्धनका लागि ‘हानेपा’लाई प्रस्ताव
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण