सरकारी कार्यालयमा सुशासनका लागि कांग्रेसले प्रतिनिधि खटाउने
पोखरा । नेपाली कांग्रेस कास्कीले जिल्लाका ७२ वटै वडा र विभिन्न सरकारी कार्यालयहरूमा आफ्ना प्रतिनिधि खटाउने भएको छ ।
महानगरपालिका, गाउँपालिकाका प्रत्येक वडा, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई लगायत सरकारी कार्यालयमा प्रतिनिधि खटाउने निर्णय गरेको सभापति किशोरदत्त बरालले जानकारी दिए । बुधबार बसेको बैठकले पार्टीलाई समसामयिक विषयमा राय, सल्लाह र सुझाव दिन विशेषज्ञ वृत्त (एक्सपर्ट सर्कल) निर्माण गर्ने निर्णय गरिएको उनको भनाई छ ।
यस्तै, सामाजिक उद्यमशीलता विकास कार्यक्रममा संलग्न हुन सामाजिक उत्प्रेरकको रूपमा पार्टीका विभिन्न तह र नागरिकसँग आह्वान गरेको छ । प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका लागि कांग्रेसका प्रत्येक सदस्यहरूलाई उद्यमशीलतासँग जोड्ने निर्णय भएको बरालले जानकारी दिए । ‘पार्टीका प्रत्येक सदस्य उद्यमशीलतासँग जोडिए मात्रै भ्रष्टाचार अन्त्य हुन्छ र सामाजिक आर्थिक रूपान्तरण हुन्छ,’ उनले भने, ‘कांग्रेसलाई समुदायसँग जोड्न तथा बीपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिमा लाग्न सबैलाई आह्वान गर्ने निर्णय हामीले गरेका छौँ ।’
बैठकले नयाँ कार्यालय भवन बनाउने निर्णय पनि गरेको छ । अहिले भइरहेको कार्यालयको प्रांगणमा नयाँ भवन बनाउन पार्टीका विभिन्न तह र शुभचिन्तकसँग छलफल र परामर्श थाल्ने सचिव भानु ढकालले बताए । उनका अनुसार बिपी जयन्तीको अवसरमा भदौ २४ गते जिल्लाका ७२ वटै वडामा एकसाथ क्रियाशील सदस्यताको प्रमाणपत्रहरू वितरण गर्ने निर्णय पनि बैठकमा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण