एमसीसी नेपालद्वारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी
काठमाडौँ । एमसीसी नेपालले आफ्नो काममा उल्लेख्य प्रगति भएको बताएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक वर्षमा भएको प्रगति विवरण सार्वजनिक गरेको हो ।
परियोजनाले १० जिल्लामा ८५६ वटा प्रसारण टावरको जग निर्माणका लागि जग्गा प्राप्तिमा प्रगति भएको बताएको छ । जग्गा मुआब्जा वितरणको लागि ९ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएर काम थालेको बताएको छ ।
पत्रकार सम्मेलनमा एमसिए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर बिष्टले लामो समयदेखि रोकिएका कामहरु सुचारु भएको बताए । जग्गा प्राप्तिको काम सुरु हुनु, विभिन्न जिल्लामा मुआब्जा वितरणको लागि समिति बन्नु र धादिङ, मकवानपुर र नवलपरासी पश्चिममा जग्गाको मुआब्जा निर्धारण हुनु उपलब्धि भएको बताए ।
प्रमुख कार्यकारी अधिकृत बिष्टले विभिन्न ९ जिल्लामा पहिलो चरणको रुख गणना गर्ने काम सम्पन्न भएको बताए । प्रभावित ९ जिल्लामा करिब ४७ हजार रुख काटिने भएको पनि उनले बताए ।
एमसिए नेपालले ३ वटा मुख्य सवस्टेशनको ठेक्का सम्झौता भएको बताएको छ । नयाँ बुटवल, नवलपरासी पश्चिम, रातमाटे नुवाकोट र नयाँ दमौली, तनहुँ खण्डको ठेक्का सम्झौता भइसकेको बताएको छ । त्यस्तै दुई वर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत २७० जनालाई तालिम प्रदान गरिएको र प्रभावित क्षेत्रका जनतालाई बैंकिङ साक्षरता तालिम दिइएको बताएको छ । त्यस्तै सडक मर्मतसम्भार आयोजनाअन्तर्गत सडक विभागलाई प्रयोगशाला स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिम लगायतका सहयोग प्रदान गरेको जनाएको छ । आवधिक मर्मतसम्भारका लागि दुई वटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत गरिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण