सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९औँ संस्करण घोषणा
बुधबार, ०५ भदौ २०८१, २३ : १०
कास्की । १९ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ३ गते हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले आज पत्रकार भेटघाटमार्फत उक्त जानकारी दिएको हो ।
यो संस्करणमा २१ किमिको पुरूष म्याराथन थपिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । विसं २०५८ मा स्थापित उक्त संस्थाले वर्सेनि अन्तराष्ट्रियस्तरको म्याराथन प्रतियोगिता गर्दै आएको छ ।
‘स्वास्थ्यका लागि, पोखराका लागि’ आदर्श वाक्यसहित हुँदै आएको उक्त प्रतियोगिताको गत १८ औँ संस्करणमा रु ७५ लाख २४ हजार आम्दानी र रु ७१ लाख ५२ हजार खर्च भई रु तीन लाख ७२ हजार बचत भएको सो अवसरमा जानकारी दिइयो ।
आगामी १९ औँ संस्करणमा कूल नगद पुरस्कार रु २१ लाख ३४ हजार प्रस्ताव गरिएको मञ्चले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण