साफ यू–२० च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल र बङ्गलादेशबिच आज प्रतिस्पर्धा
काठमाडौँ । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल र बङ्गलादेशबिच प्रतिस्पर्धा हुने भएको छ ।
ललितपुरको सातदोबाटो स्थित एन्फाकम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेलको विजेता टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन् ।
समूह ए मा लगातार दोस्रो हार भोग्दै श्रीलङ्का समूह चरणबाटै बाहिरिएको छ । श्रीलङ्का बाहिरिएसँगै नेपाल र बङ्गलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन् ।
समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह उपविजेताले समूह बी को विजेता टोलीसँग खेल्नेछ ।
समूह चरणको पहिलो खेलमा श्रीलङ्कालाई १–० ले पराजित गरेको नेपाली युवा टोली बङ्गलादेशलाई पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनल खेल्न चाहन्छ ।
उता श्रीलङ्कामाथि २–० को जित निकालेको बङ्गलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्न चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण