सहकर्मीमाथि जबरजस्ती करणीको प्रयास गर्ने रेडियोका स्टेसन म्यानेजर पक्राउ
बुटवल । रुपन्देही सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेसन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको तथ्य बाहिरिएको छ । कार्यालयका सहकर्मीले यौन हिंसा गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बुटवल खरेललाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले खरेललाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरिएको रातोपाटीलाई बताए । २३ वर्षीय सहकर्मीलाई जबरजस्ती करणी गरेको विषय छानबिन भईरहको उनले बताए । उनका अनुसार जबरजस्ती करणी उद्योगमा अदालतबाट अनुसन्धान लागि म्याद थप गरिएको हो ।
घटना भदौ १ गते रातिको हो । रातको समयमा आफू एक्लै भएको मौका पारेर कोठामा प्रवेश गरी खरेलले जबरजस्ती करणी गर्न खोजेको पीडितको भनाई छ । घटना भएको रात महिलाका श्रीमान् घर बाहिर थिए । सोही मौकामा खरेलले आफूमाथि यौन दुर्व्यवहार गरेको पीडितले बताइन् । भदौ ४ गते प्रहरीकहाँ उजुरी परेसँगै भदौ ५ गते प्रहरीले पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण