दिगो पर्यटन प्रवर्द्धनका लागि पर्यटन व्यवसायीलाई प्रशिक्षण
बिहीबार, ०६ भदौ २०८१, ०९ : २१
काठमाडौँ । शेर्पा पर्यटन व्यवसायी सङ्घ नेपालद्वारा पर्यटन व्यवसायीहरूका लागि आयोजित प्रशिक्षण सम्पन्न भएको छ । संघीय राजधानीमा आयोजित प्रशिक्षण ज्ञान वृद्धि र दिगो पर्यटन अभ्यासलाई प्रवर्द्धन गर्नमा केन्द्रित थियो।
संघका अध्यक्ष तथा जैविक कृषि पर्यटन विकास अवधारणाका विज्ञ, पेमा शेर्पा संगमले जैविक कृषि पर्यटन, प्रभावकारी व्यावसायिक रणनीतिहरू, र तीव्र रूपमा परिवर्तन भइरहेको विश्वव्यापी पर्यटन परिदृश्यको चुनौतीहरू सामना गर्नका लागि नवीन दृष्टिकोणहरूबारे प्रशिक्षण दिए ।
ग्लोबल वार्मिङका मुद्दाहरू र शेर्पा समुदाय तथा पर्यटन व्यवसायीहरूमा यसले पार्ने प्रभावबारे पनि प्रशिक्षण दिइयो । प्रशिक्षणमा ८० जना सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण