दिगो पर्यटन प्रवर्द्धनका लागि पर्यटन व्यवसायीलाई प्रशिक्षण
बिहीबार, ०६ भदौ २०८१, ०९ : २१

काठमाडौँ । शेर्पा पर्यटन व्यवसायी सङ्घ नेपालद्वारा पर्यटन व्यवसायीहरूका लागि आयोजित प्रशिक्षण सम्पन्न भएको छ । संघीय राजधानीमा आयोजित प्रशिक्षण ज्ञान वृद्धि र दिगो पर्यटन अभ्यासलाई प्रवर्द्धन गर्नमा केन्द्रित थियो।
संघका अध्यक्ष तथा जैविक कृषि पर्यटन विकास अवधारणाका विज्ञ, पेमा शेर्पा संगमले जैविक कृषि पर्यटन, प्रभावकारी व्यावसायिक रणनीतिहरू, र तीव्र रूपमा परिवर्तन भइरहेको विश्वव्यापी पर्यटन परिदृश्यको चुनौतीहरू सामना गर्नका लागि नवीन दृष्टिकोणहरूबारे प्रशिक्षण दिए ।
ग्लोबल वार्मिङका मुद्दाहरू र शेर्पा समुदाय तथा पर्यटन व्यवसायीहरूमा यसले पार्ने प्रभावबारे पनि प्रशिक्षण दिइयो । प्रशिक्षणमा ८० जना सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना