आरटीजीएस कारोबार ११६ प्रतिशतले बढ्यो, असारमा ६४ खर्ब ४५ अर्बको भुक्तानी
काठमाडौँ । बढ्दो डिजिटल कारोबारमा रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) मा ऐतिहासिक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो असार महिनामा आरटीजीएस प्रणालीबाट मात्र ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको हो ।
यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ११६ प्रतिशतले बढी हो । २०८० असारमा आरटीजीएस मार्फत जम्मा २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्र भुक्तानी कारोबार भएको थियो ।
यस्तै समीक्षा अवधिमा २ करोड ४६ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता मार्फत ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ भुक्तानी कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो मोबाइल भुक्तानी कारोबार २ करोड १३ लाख प्रयोगकर्ता मार्फत २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो ।
यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगमार्फत १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार हुँदा विभिन्न वालेट सेवाहरूमार्फत ३१ अर्ब ३० करोड २० लाख रुपैयाँ भुक्तानी कारोबार भएको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा सरकारी भुक्तानी साधन कनेक्ट आईपीएसमार्फत ६ खर्ब ६६ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ ।
एटीएम (डेबिट कार्ड) तथा क्रेडिट कार्डमार्फत ९७ खर्ब ३३ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण