टिकटकमाथिको प्रतिवन्ध हटाउने सरकारको तयारी
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।
आज बिहीबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमा यसअघि सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको सूचना तथा सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्दै छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रीस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव तयार पार्न निर्देशन दिएको र सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजान लागिएको मन्त्री गुरुङ निकट स्रोतको भनाइ छ ।
‘आजको मन्त्रिपरिषद् बैठकमा टिकटकको प्रतिबन्ध हटाउने गरी प्रस्ताव जाँदैछ, सम्भवतः आजैबाट फुकुवा होला’, मन्त्रालय स्रोतको भनाइ छ ।
यसअघि टिकटकले सञ्चार मन्त्रालयलाई प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको भन्दै गत वर्ष २७ कात्तिकको मन्त्रिपरिषदमा निर्णय गरेर टिकटकमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
-
बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण