आफ्नो चुनावी अभियान अन्त्य गर्दै केनेडी, ट्रम्पलाई समर्थन गर्ने
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्रबाट उठेका उम्मेदवार रोबर्ट एफ. केनेडी जुनियरले आफ्नो उम्मेदवारी फिर्ता लिने समाचार छ । शुक्रबार एरिजोनाको फिनक्समा आफ्नो चुनावी कार्यक्रममा उनी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग आउने बताइएको छ ।
सोही अवसरमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिने र ट्रम्पलाई समर्थन गर्न लागेको घोषणा गर्ने अनुमान गरिएको समाचारहरूमा जनाइएको छ । केनेडी अमेरिकी राजनीतिज्ञ तथा वकिल रोबर्ट एफ केनेडीका तेस्रो सन्तान हुन् ।
बुधबार यस मामिलाबारे जानकार स्रोतलाई उद्धृत गर्दै कयौँ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यसबारे समाचार लेखेको थिए । अहिलेको ऐतिहासिक क्षण र आफ्नो आगामी बाटोबारे फिनक्समा एउटा भाषण दिने केनेडीको घोषणासँगै उनले चुनावी अभियान छाड्न लागेको खबर आएका थिए । केनेडीले शुरुमा डेमोक्रेटिक पार्टीको उम्मेदवारका लागि लडेका थिए । तर पछि उनले स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो नाम दर्ता गराए ।
उम्मेदवारी फिर्ता लिएर केनेडीले ट्रम्पलाई समर्थन गरे भने विशेषगरी सन् २०१६ र सन् २०२० को चुनावमा ट्रम्पले सानो मतान्तरले जितेका राज्यमा उनको मत बढ्ने अनुमान गरिएको छ । केनेडीले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस भन्दा धेरै समर्थन ट्रम्पबाट पाइरहेका छन् ।
हालै भएको जनमत सर्वेक्षणहरूले नोभेम्बर ५ मा हुन लागेको चुनावमा केनेडीले ५ प्रतिशत हाराहारी मत पाउने देखाएका छन् । आफूले चुनाव लड्दा ह्यारिसले जित्ने सम्भावना बढ्ने भएकोले उनले उम्मेदवारी फिर्ता लिनेबारे सोचेको केनेडीकी उपराष्ट्रपतिको उम्मेदवार निकोल शानहानले हालै एक अन्तरवार्तामा भनेकी थिइन् । मंगलबार एउटा अन्तरवार्तामा ट्रम्पले पनि आफूले चुनाव जिते केनेडीलाई मन्त्री बनाउन सक्ने भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण