‘बङ्गलादेशमा बाढी भारतले गर्दा आएको होइन’
नयाँ दिल्ली । बङ्गलादेशमा हालै भीषण बाढी आएको छ । बाढीका कारण देशका आठ जिल्लामा ३० लाखभन्दा धेरै मानिसको बिचल्ली भएको त्यहाँको अङ्ग्रेजी पत्रिका द डेली स्टारको अनलाइन संस्करणमा प्रकाशित समाचारमा भनिएको छ । भारतले बाँधको पानी छोडेकोले बाढीको प्रकोप बढेको बङ्गलादेशी सङ्गठनहरूले आरोप लगाइरहँदा भारतीय विदेश मन्त्रालयले त्यो दाबीलाई अस्वीकार गरेको छ ।
त्रिपुराको दम्बुर जलविद्युत आयोजनाको बाँध खोलिएपछि बङ्गलादेशमा बाढी आएको यी सङ्गठनको दाबी छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा आएको बाढीप्रति चिन्ता व्यक्त गरेको छ । त्रिपुराको गुमती नदीमा रहेको दम्बुर बाँध खोलिएपछि बङ्गलादेशमा बाढीको प्रकोप बढेको कुरा पूरै सत्य नभएको विज्ञप्तिमा जनाइएको छ ।
‘भारत र बंगलादेश हुँदै बग्ने गुमती नदीको तटीय क्षेत्रमा यसवर्ष भारी वर्षा भएको छ । बङ्गलादेशमा बाढी यी क्षेत्रबाट बग्ने पानीका कारण आएको हो’ विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले भनेको छ ।
त्रिपुरा दम्बुर बाँध बंगलादेशको सिमानाबाट १२० किलोमिटर टाढा रहेको परराष्ट्र मन्त्रालयले भनेको छ । यो सानो उचाइमा रहेको बाँध हो । यहाँबाट बङ्गलादेशलाई ४० मेगावाट बिजुली पनि आपूर्ति हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण