बेलायतमा भड्किएको हिंसाबारे गलत सूचना फैलाएको आरोपमा पाकिस्तानमा एक युवक पक्राउ
इस्लामवाद । पाकिस्तानको सङ्घीय अनुसन्धान प्राधिकरण (एफआईए)ले मङ्गलवार एक युवकलाई पक्राउ गरेको छ । हालै बेलायतमा भड्किएको हिंसाबारे गलत सूचना फैलाएको भन्दै ती व्यक्ति पक्राउ परेका हुन् ।
ती व्यक्तिले आफ्नो एक्स एकाउन्टमा बेलायतको साउथपोर्टमा भएको हिंसाको भिडियोको तस्बिर शेयर गरेका थिए । गएको जुलाई २९ मा साउथपोर्टमा एक डान्स क्लासमा चक्कु प्रहारको घटनामा तीन जना बालबालिकाको मृत्यु भएको थियो भन्दै अन्य कयौँ घाइते भएका थिए ।
सो घटनामा सन्दिग्ध १७ वर्षको एक युवक समातिएको भन्दै क्याप्सन राखेर ती पुरुषले अर्को पोस्टमा एउटा लेख शेयर गरेका थिए । लेखमा सन्दिग्ध युवक बेलायतमा आश्रय खोजिरहेका मुसलमान भएको भनिएको थियो । तर त्यो दाबी गलत रहेको एफआईएले आफ्नो विज्ञप्तिमा भनेको छ । लाहोरका प्रहरीले गलत सूचना फैलाउने ती युवकको पहिचान फर्हान आसिफको रूपमा गरेको छ । सोमबार प्रहरीले आसिफसँग उक्त भ्रामक लेखबारे सोधपुछ गरेको थियो ।
यस मामिलामा आसिफले कुनै वकिल राखेका छन् कि छैनन् भन्ने स्पष्ट छैन । आसिफले गूगल एडबाट पैसा कमाउन र सो क्षेत्रका भिजिटर तान्नकै लागि अमेरिका, बेलायत र अस्ट्रेलियासँग सम्बन्धी स्टोरी मात्रै राखेर वेबसाइटमा चलाइरहेको सोधपुछको क्रममा थाहा भएको छ । यो बेबसाइटबाट उनले मासिक झन्डै हजार डलर जति कमाइरहेका थिए ।
साउथपोर्ट मामिलामा देशका कयौँ हिस्सामा हिंसा र दङ्गा भएपछि बेलायतको प्रहरीले विज्ञप्ति नै जारी गरेको थियो । विज्ञप्ति जारी हुने बित्तिकै आसिफले आफूले पोस्ट गरेको स्टोरी डिलिट गरेर तत्कालै माफीनामा जारी गरेका थिए । आसिफको मामिलालाई प्रहरीले एफआईएको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण