सांसदको प्रश्नमा ओलीले भने– जनता भड्काउने काम भइरहेको छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जति असन्तुष्टि छ त्यो भन्दा बढी असन्तुष्टि छ भनेर जनता भड्काउने काम भइरहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै जति नकारात्मक बोल्यो त्यति प्रचलित भइन्छ भन्नेले जनतामा असन्तुष्टि छ भनेर देखाउन खोजेको जिकिर उनको थियो ।
‘जनतामा जति असन्तुष्टि छन् त्यो भन्दा बढी बनाउन खोजिएको छ भड्काउन खोजिएको छ । अरू प्रकारका मनसाय होलान्‚’ उनले भने‚‘दलहरूबिच अस्वास्थ्य प्रतिस्पर्धा अहिलेको प्रणाली मन नपराउनेको चलखेल हुन सक्छ । अथवा देशप्रति जिम्मेवार हुन चाहेर पनि नजान्ने र नकारात्मक भाषा बोल्यो त्यति प्रचलित हुने र कुनै पनि प्रकारले जिम्मावर लिन नखोज्ने जनतामा निराशा छ भन्ने फैलाए ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचारजन्य गतिविधिमा शून्य सहनशीलता बनावटी देखावटी कुरा नभएको उल्लेख गरे । उनले भ्रष्टाचारको विषय छडिक प्रचारबाजीको विषय अहिलेको सरकारले नबनाएको पनि स्पष्ट पारे ।
सांसद नारायण खड्काले सोधेको प्रश्नको जवाफ दिँदै उनले संविधान संशोधनको प्रतिगमन हो भन्नेलाई जवाफ दिएको भन्दै उनले अहिले सरकारमा भएको लोकतन्त्र बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली ल्याउन भूमिका खेलेर आएको बताए ।
‘यी दलहरूले नेपालको राजनीतिलाई अर्थ नीति समाजलाई अघि बढाउने सन्दर्भमा नेपाललाई कानुनी राजमा अघि बढाएन भूमिका खेलेर आएका छन् । यसमा सन्देशको कुनै गुन्जाइस् छैन । कुनै हिसाबले प्रतिगममा जाला भन्ने यो भ्रम मात्र हो भ्रम फिँजाउने प्रयास मात्र हो यसको कुनै अर्थ छैन‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण