आयोग गठन गर्न सरकारले ढिलो गर्नु हुँदैन : सांसद श्रेष्ठ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद श्रेष्ठले संघीय संसद्का दुवै सदनबाट पारित भइसकेपछि राष्ट्रपतिबाट दस्तखत भएसँगै आयोग गठनको काम सुरु हुनुपर्ने बताए । उनले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग तथा सत्य निरूपण तथा मेलमिलाप आयोग बनाउन ढिलाइ गर्नु नहुने बताए । उनले विधेयक पारित गर्नु मात्रै ठुलो कुरा नभएको भन्दै पारित भइसकेपछि पनि धेरै चुनौतीपूर्ण कामहरू रहेको बताए ।
उनले भने,‘जब संशोधन विधेयक पारित भएर राष्ट्रपतिको सही भइसक्छ त्यसपछि यसलाई तत्काल आयोग बनाउने प्रक्रियामा लैजानुपर्छ । आयोग सिफारिसको सम्बन्धमा पहिला नै पूर्वन्यायाधीशको नेतृत्वमा एउटा कमिटी छ ।’
सांसद श्रेष्ठले सामाजिक आर्थिक रूपान्तरण, विकास समृद्धिको दिशामा सबै राजनीतिक दलहरू एक हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण