पराष्ट्रमन्त्री देउवा स्वदेश फिर्ता
बिहीबार, ०६ भदौ २०८१, १७ : ०३

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएकी छन् । गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस।जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन् ।
मन्त्री डा राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले पनि भेट गरेका थिए । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भ्रमण फलदायी भएको प्रतिक्रिया दिइन् ।
मोदीसँगको भेटका क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उनलाई नेपाल भ्रमणका लागि औपचारिक रुपमा निम्तापत्र हस्तान्तरण गरेको राणाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’