पराष्ट्रमन्त्री देउवा स्वदेश फिर्ता
बिहीबार, ०६ भदौ २०८१, १७ : ०३
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएकी छन् । गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस।जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन् ।
मन्त्री डा राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले पनि भेट गरेका थिए । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भ्रमण फलदायी भएको प्रतिक्रिया दिइन् ।
मोदीसँगको भेटका क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उनलाई नेपाल भ्रमणका लागि औपचारिक रुपमा निम्तापत्र हस्तान्तरण गरेको राणाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण