शीर्ष नेताहरूका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको छ : वामदेव गौतम
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले शीर्ष नेताहरूका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
गौतमले नेपाललाई विकसित बनाउने हो भने फोहोरी राजनीति बन्द गर्नुपर्ने बताए । उनले जहाँ पनि कम्युनिस्ट—कांग्रेस मिल्न आवश्यक नरहेको बताए । उनले राजनीतिक दलहरूले जनताको अधिकार अपहरण गरेको बताए । उनले नागरिकको मानसिक शोषण गर्ने अधिकार कसैलाई नरहेको पनि बताए ।
उनले भने, ‘ निरंकुश राजतन्त्रको अन्त्य गर्नका लागि हामी मिल्यौँ । संविधान सभाको आयोजना गर्नका लागि हामी मिल्यौँ । एकदम सही छ । निर्वाचनमा जाँदा पनि मिलेको छ, सरकार चलाउँदा पनि मिलेको छ । चुनाव घोषणापत्र छुट्टा छुट्टै ल्याएको छ । जनताले कसरी जाँच्ने ? भोलि फेरि निर्वाचन हुँदा जनताले आफ्नो उम्मेदवार कसरी निर्वाचित गर्ने ? जनताको अधिकार यसरी अपहरण गर्न पाइन्छ ? जनताको मानसिक शोषण यसरी गर्न पाइन्छ ? पाइँदैन ।’
सांसद गौतमले शासन आफ्नो हातमा लिन जे पनि गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण