एन्जो मारेस्काको प्रशिक्षकत्वमा चेल्सीको पहिलो जित
काठमाडौँ । यूईएफए कन्फरेन्स लिग फुटबल प्रतियोगिताको प्ले–अफ चरणको पहिलो लेग खेलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले सफलता हात पारेको छ । चेल्सीले बिहीबार राति सम्पन्न खेलमा स्विस क्लब सर्भेटलाई २–० गोलले हराएको हो ।
पहिलो लेग खेलमा सजिलो जित हात पारेसँगै चेल्सीले अगाडि बढ्ने सम्भावना पनि बलियो बनाएको छ । एन्जो मारेस्काको प्रशिक्षकत्वमा चेल्सीले हात पारेको यो पहिलो जित हो । एन्जो यसै सिजन चेल्सीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका हुन् ।
यसअघि उनको प्रशिक्षकत्वमा खेलेको पहिलो खेलमा चेल्सी पराजित भएको थियो । नयाँ सिजनको प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २–० गोलले हराएको थियो । सर्भेटविरुद्धको खेलमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
निर्धारित समयको ५०औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले चेल्सीलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । चेल्सीले ७६औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । चेल्सीका लागि दोस्रो गोल परिवर्तित खेलाडी नोनीले गरेका थिए । दोस्रो लेग खेल अगस्त २९ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण