इजरायल–प्यालेस्टाइन र रुस–युक्रेन युद्धबारे ह्यारिसले के भनिन् ?
वाशिङटन डीसी । अमेरिकाको शिकागोमा डेमोक्रेटिक पार्टीको महाधिवेशन चलिरहेको छ । यस महाधिवेशनले कमला ह्यारिसलाई औपचारिक रूपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाएको छ । महाधिवेशनमा ह्यारिसले भाषण दिँदै पार्टीको राष्ट्रपतिको उम्मेदवारी पनि स्वीकार गरिन् ।
आफ्नो भाषणमा ह्यारिसले इजरायल–प्यालेस्टाइन र रुस–युक्रेनका विषयमा पनि चर्चा गरेकी थिइन । ह्यारिसले भाषण गरिरहँदा केही व्यक्तिले ‘फ्री प्यालेस्टाइन’को नारा लगाइरहेका थिए । इजरायललाई सधैं आफ्नो समर्थन दिने पनि उनले बताइन् । साथै उनले गाजामा लडाइँ बन्द गर्न पनि अपिल गरेकी छिन् ।
‘अब बन्धकहरूलाई रिहा गर्ने र युद्धविरामसम्बन्धी सम्झौताहरू पूरा गर्ने समय आएको छ’ ह्यारिसले भनिन् । गत वर्षको अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको हिंसाको पनि उनले निन्दा गरिन् ।
गाजामा पछिल्लो १० महिनामा जे जे भयो त्यो विनाशकारी रहेको पनि उनले बताइन् । युक्रेनमाथि रुसले गरेको आक्रमणको विश्वव्यापी समर्थन परिचालन गर्ने वाचा पनि उनले गरिन् ।
‘म युक्रेन र हाम्रा नाटो सहयोगीहरूको साथमा मजबुतीका साथ उभिरहनेछु’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण