हिमपहिरो
मुस्ताङमा हिमपहिरो पछि खोला थुनियो, प्रशासनद्वारा अलर्ट जारी
शुक्रबार, ०७ भदौ २०८१, १५ : २९
काठमाडौँ । मुस्ताङमा हिमपहिरो पछि खोला थुनिएको छ । थासाङ गाउँपालिका २ स्थित कोबाङको बोक्सिखोलामाथि हिम पहिरो आएर खोला थुनिएको भन्दै जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हिमपहिरोका कारण ८० प्रतिशत पानी थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेले जानकारी दिए । तर भूगोल छिद्र भएका कारण खासै पानीको ताल भने नपरेको उनको भनाइ छ । ताल नपरेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।
‘ताल परेको छैन । बोक्सीखोलामा २० प्रतिशत मात्र पानी बगेको छ,’ उनले भने, ‘जोखिम धेरै छैन, तर अलर्ट रहनुपर्छ ।’ उनले हिमपहिरोसहित ठुलो ढुंगाहरु झरेर खोला थुनेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण