विश्वकै दोस्रो ठूलो हिरा भेटियो
दक्षिण अफ्रिकी देश बोत्स्वानामा ठूलो हिरा भेटिएको छ । २ हजार ४९२ क्यारेटको भएको सो हिरा फेला परेको क्यानडेली खनिज उत्खनन कम्पनीले बताएको छ ।
उत्तरपूर्वी बोत्स्वानाको कारोवी डाइमन्ड माइनमा एक्स–रे प्रविधि प्रयोग गरेर सो हिरा निकालिएको लुकारा डाइमन्ड कर्पोरेशनले बिहिबार जारी विज्ञप्तिमा भनेको छ । यो विश्वको दोस्रो सबैभन्दा ठूलो हिरा भएको बताइएको छ ।
कम्पनीले सो हिराको मूल्य कति पर्छ भनेर भनेको छैन । न त यसको गुणस्तरबारे नै केही भनेको छ । क्यारेटको आधारमा भन्ने हो भने कलिनयन डाइमन्डले सन् १९०५ मा दक्षिण अफ्रिकामा भेट्टाएको हिरा अहिलेसम्मकै सबैभन्दा ठूलो हिरा हो । सो हिरा ३ हजार १६ क्यारेटको थियो । २ हजार ४९२ क्यारेटको यो अद्वितीय हिरा भेट्टाउँदा आफूहरू निकै हर्षित भएको लुकाराका अध्यक्ष विलियम ल्याम्बले एउटा विज्ञप्तिमा भनेका छन् ।
हिरा लगभग मान्छेको हत्केला जत्रै ठूलो भएको कम्पनीले सार्वजनिक गरेको तस्वीरहरूले देखाएका छन् । बोत्स्वाना विश्वको सबैभन्दा ठूलो हिरा उत्पादक देशमध्येमा पर्दछ । त्यहाँको कूल जीडीपीमा हिरा उद्योगको योगदान ३० प्रतिशत रहेको छ । त्यहाँको कूल निर्यातमा हिराको अनुपात ८० प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण