दसैँ बजार : अटो शोअघि कति विद्युतीय गाडी भित्रिए ?
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनाको आयात निर्यातको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको ३८० वटा विद्युतीय सवारी (कार, भ्यान, जिप) भित्रिएका छन् ।
खासगरी दसैँ तिहार बजारका लागि लक्षित गर्दै सवारी तथा अन्य मालवस्तु आयात हुने साउन भदौ र असोज महिनालाई विशेष मान्ने गरिन्छ । यहीँ सुरुवाती महिनामा ३८० वटा विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । जसबाट राज्यलाई कूल ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन हुन गएको छ ।
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले यहीँ भदौ ११ गतेदेखि १६ गतेसम्म १६औं संस्करणको नाडा अटो शोको आयोजना गर्दैछ । दसैँ तिहारको मुखमा आयोजना गरिने अटो शोमा व्यवसायीहरुले नयाँ नयाँ सवारी भित्र्याउने र प्रदर्शन गर्ने गर्छन् ।
पछिल्लो महिना भित्रिएको सबैजसो गाडी नाडा लक्षित रहेको बुझिएको छ । त्यसो त गतवर्ष ऐतिहासिक १३ हजार बढी विद्युतीय गाडी आयात भइसकेकोमा नाडाकै लागि भनेर थप गाडी ल्याउने स्थिति देखिँदैन । तर, नयाँ ब्राण्ड र उत्पादन प्रदर्शन गर्न भने व्यवसायीहरुले स्याम्पल पिस (नमुना) का लागि केही महंगा र आकर्षक विद्युतीय गाडीहरु ल्याइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण