पोखरामा स्कुल बस तीन ट्याक्सीसँग ठोकियो
पोखरा । पोखरामा स्कुल बस ट्याक्सीमाथि खस्दा चालक घाइते भएका छन् । पोखरा १७ घारिपाटनस्थित हिमालयन आँखा अस्पताल नजिक पार्किङमा राखेको ट्याक्सीमाथि बस खसेको हो ।
न्यू मोडल सेकेण्डरी स्कुलको ग१क ४६६१ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक स्याङ्जाको भीरकोट घर भई पोखरा ९ कृष्णटोल बस्ने ५४ वर्षका दलबहादुर गुरुङ घाइते भएका हुन् । उनको अवस्था सामान्य रहेको र उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
बसमा २० जना विद्यार्थीहरू सवार थिए । उनीहरूलाई कुनै शारीरिक चोटपटक नलागेको शर्माको भनाई छ । चालकले नियन्त्रण गुमाएपछि बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बसले तीनवटा ट्याक्सीमा क्षति पुगेको छ । ग १ ज २९३४ नम्बरको ट्याक्सीको अगाडि र पछाडि क्षति भएको छ भने ग१ज २२४१ नम्बरको ट्याक्सी अगाडिको भागमा र ग१ज ४१८० नम्बरको ट्याक्सीमा बम्पर र सीसा फुटेको छ । केही समयअघि पनि पोखरामा स्कुल बस पल्टिँदा २ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण