मर्स्याङ्दी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो
तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको हो ।
२६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको र एकजनाको भरतपुरमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन । मृतकहरूको सनाखत भैसकेको छैन ।
यस्तै १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको जानकारी प्रमुख जिल्ला अधिकारी गौतमले दिए । उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीका अनुसार चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक रहेका थिए । घटना भएपछि भारतीय दूतावासका प्रतिनिधि समेत तनहुँ पुगेका छन् ।
दुर्घटनामा अनंत ओंकर ईंगके, सिमा ईंगदे, सुहास राणे, शरण राणे, चंदना राणे, सुधाकर जावके, रोहिणी जावके, विजया कुडु जावके, भारती प्रकाश जावके, सागर जावके, तुल्सीराम तायडे, शरण तायडे, भंगरण राणे, प्रकश कोखी, रेखा कोखी, संदिप सरोडे,, पसवी सरोडे, गोकर्णी सरोडे, हेमराज सरोडे, रुपाक्षी सरोडे, अनुप सरोडे, गणेश भांरबे, मिलन भांरवे, सुलभा भांरवे, बिजसा जावसे, भारती भिरुक, शारदा पाटीह, नित्ठोमा जावरे, कुमुदिनी झाँवर, धानेन्दधर बोड, आशा बोड, आशा बावस्कर, आशाखा पांडुरंग, सुनिस धाँडे, सरोज भिरुड, पंकज भंगादे र वर्षा भंगादेलगायत परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण