आपराधिक उपद्रव गरेको आरोपमा महिला पक्राउ
काठमाडौँ । आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ बस्ने सपना लामिछाने छिन् ।
उनलाई रानीपोखरीबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति आएको हुनाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसएसपी रजौरेले बताए ।
केहि दिनअघि काठमाडौंको चण्डोलमा राति १० बजे अर्काको घरमा गएर उनले गाडी लगायका सामग्री तोडफोड गरेको आरोप छ । तोडफोडमा संलग्न अर्की महिला फरार छिन् ।
शुक्रबार प्रहरीले पक्राउ गर्नुअघि उनले सामाजिक संजाल फेसबुकमा लाइभ गरेर ‘बलात्कार मुद्दा दबाउन प्रहरीले पक्राउ गरेको’ आरोप लगाएकी थिइन् । उपत्यका प्रहरी कार्यालयबाट लाइभ गरेर उनले भनेकी छन्,‘एआईजी किरण बज्राचार्यले मलाई बोलाउनुभो अनि, मेरो अर्को मुद्दा दबाउन पक्राउ गरिएको छ ।’
पक्राउ पुर्जी आएको थाहा पाएपछि छाड्न नमिल्ने भएको हुनाले महाराजगञ्जको टोली बोलाएर जिम्मा लगाएको एआईजी किरण बज्राचार्यले बताइन् । उनले भनिन्, ‘उहाँविरुद्ध पूर्जी आएको रहेछ, त्यसैले सम्बन्धित वृतमा बोलाएर अनुसन्धानका लागि पठाएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
-
मानवअधिकार आयोग पुगे भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण