थरुहट आन्दोलनकर्मीलाई झुठा मुद्दा लगाएर फसाइयो : राजेन्द्र महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले टिकापुर विद्रोहपछि थारु समुदायको पहिचानको अस्तित्व नै सङ्कटमा पारिएको आरोप लगाएका छन् । टिकापुर काण्ड भएको ९ वर्ष पुरा भएको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै महतोले सो आरोप लगाएका हुन् ।
उनले टिकापुर विद्रोहपछि त्यसको सत्य तथ्य छानबिन गर्न बनेका विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक समेत नगरिएको बताउँदै थरुहट आन्दोलनकर्मी नेता कार्यकर्ताहरूमाथि सुनियोजित ढङ्गले झुटा मुद्दा लगाएर फसाएको आरोप लगाएका छन् ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा स्वायत्त थरुहट प्रदेश माग गर्दै भएको आन्दोलनमा केही प्रहरी र बालकको ज्यान गएको थियो । उक्त घटनाको भोलिपल्ट भदौ ८ गते प्रशासनले कर्फ्यु जारी गरेकै समयमा थारु समुदायका ८० भन्दा बढी घर, पसल र एफ एम स्टेसनमा आगजनी गरिएको थियो ।
सोही घटना अभियोगमा रेसम चौधरी लगायत ५२ जना माथि मुद्दा लगाइएको थियो । महतोले थारु लगायत सम्पूर्ण उत्पीडित समुदायमा अब छुट्टाछुट्टै होइन एकीकृत भएर नव सङ्घर्षको उठान गर्न आह्वान समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण