आयुष्मान बाहिरिएपछि ‘बोर्डर-२’ मा वरुण धवनको इन्ट्री
मुम्बई । बलिउड अभिनेता वरुण धवनले सन् १९९७ मा आएको सुपरहिट फिल्म ‘बोर्डर’ को सिक्वेल ‘बोर्डर २’ मा आफ्नो प्रवेशको घोषणा गरेका छन् । आयुष्मान खुराना फिल्मबाट बाहिरिएपछि अब वरुण यो फिल्मको हिस्सा बनेका हुन् ।
यो खबर अभिनेता स्वयम्ले इन्स्टाग्राममा पुष्टी गरेका छन् । उनले फिल्मको टिजर सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘जब म चौथो कक्षामा थिएँ, मैले चन्दन सिनेमामा बोर्डर हेरेको थिएँ । यो फिल्मले मलाई गहिरो प्रभाव पारेको थियो।’
‘आज पनि हामी सबै थिएटरमा गरेको गौरवको अनुभूति सम्झन्छु। त्यस दिनदेखि मैले हाम्रा सैनिकहरूलाई सम्मान गर्न थालेँ । हाम्रो सेनाले हामीलाई सधैँ बचाएको छ। सीमा सुरक्षा होस् वा प्राकृतिक प्रकोप, सेना सधैँ तत्पर छ,’ वरुणले थप लेखेका छन्, ‘जेपी दत्त सरको बोर्डर अझै पनि मेरो मनपर्ने फिल्ममध्ये एक हो । जेपी सर र भूषण कुमारले निर्माण गरिरहेको बोर्डर-२ को एक हिस्सा हुनु मेरो करियरको विशेष क्षण हो। सन्नी पाजीसँग काम गर्नु मेरो लागि अझ विशेष हो। बहादुर सिपाहीको कथालाई ठुलो पर्दामा ल्याउनको लागि म तपाईंको आशीर्वादको अपेक्षा गर्दछु। यो भारतको सबैभन्दा ठुलो युद्धमा आधारित फिल्म हुनेछ। जय हिन्द।'
सनी देओलले यसै वर्ष जुनमा ‘बोर्डर २’ घोषणा गरेका थिए । उनले भनेका थिए, ‘एक सिपाही आफ्नो २७ वर्ष पुरानो वाचा पूरा गर्न फेरि आउँदैछ । भारतको सबैभन्दा ठुलो युद्धमा आधारित फिल्म, बोर्डर २ ।’
‘बोर्डर २’ लाई भूषण कुमार, कृष्ण कुमार, जेपी दत्त र निधि दत्तले निर्माण गरेका हुन् । यसलाई अनुराग सिंहले निर्देशन गर्नेछन्, जसले यसअघि अक्षय कुमारको फिल्म ‘केसरी’ निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण