घाइते भए बेलिङह्याम
मड्रिड । रियल मड्रिडका मिडफिल्डर जुड बेलिङह्याम प्रशिक्षणका दौरान घाइते भएका छन् । उनको खुट्टा (पिँडौलाको मांसपेशी) मा चोट लागेको हो ।
२१ वर्षीय खेलाडीले शुक्रबार क्लबको प्रशिक्षण पूरा गर्न सकेनन् । बीबीसी स्पोर्टका अनुसार उनी कम्तीमा सेप्टेम्बरको अन्त्यसम्म मैदानबाहिर रहनेछन् ।
यसबिच उनले इंग्ल्यान्डको नेसन्स लिग अभियानका सुरुवाती दुई खेल गुमाउनेछन् । इंग्ल्यान्डले सेप्टेम्बर ७ मा रिपब्लिक अफ आयरल्यान्ड र सेप्टेम्बर १० मा फिनल्याण्डको सामना गर्दैछ ।
आफ्नो सामाजिक सञ्जालमा लेख्दै बेलिङह्यामले खेलहरू गुमाउनु पर्दा आक्रोश व्यक्त गरेका छन् । साथ साथै सायद व्यस्त सिजन अघि आफ्नो शरीरलाई आराम चाहिएको पो हो कि भन्दै आशा पनि व्यक्त गरेका छन् ।
गत सिजन बेलिङह्यामले रियलसँगको डेब्यू सिजनमा ४२ खेलमा २३ गोल गरेका थिए । उनले ला लिगा र च्याम्पियन्स लिगको उपाधि समेत हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण