लालिगा : सेल्टा भिगो र भिल्ला रियल विजयी
काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा सेल्टभिगो र भिल्लारियल विजयी भएका छन् । गएराति भएको खेलमा सेल्टाभिगोले भ्यालेन्सियामाथि ३–१ गोल अन्तरको पुनरागमन जित दर्ता गरेको हो । डिएगो लोपेजले राफामिरको पासमा गोल गर्दै पाहुना टोली भ्यालेन्सियालाई १४ औँ मिनेटमा अग्रता दिलाएका थिए ।
तर, २३ औँ मिनेटमा ओस्कार मनगुएजाले लागोआसपसको पासमा गोल गर्दै घरेलु मैदानमा समर्थकलाई उत्साहित गरेका थिए ।
२८ औँ मिनेटमा लागोले नै ओस्कारको पासमागोल गरेपछि सेल्टाभिगो २–१ ले अघि बढेको थियो । ६० औंमिनेटमा फ्रान्सिस्को पेइनाडोले गोल गरेपछि सेल्टाभिगोले ३–१ को जित निकाल्न सफल भयो ।
सेल्टाभिगोको ला लिगामा लगातार दोस्रो जित हो । उसको तालिकामा २ खेलबाट ६ अंकभएको छ । भ्यालेन्सियाले भने लगातार दोस्रो खेलमा पराजय भोगेको छ ।
यस्तै, अर्को खेलमा भिल्ला रियलले सेभिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ । सेभिल्लाको मैदानमा पाहुना टोलीभिल्ला रियलले दोस्रो मिनेटमै अग्रता लिएको थियो । अर्नट गोरेनभल्डले गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफको अतिरिक्त समयमा सेभिल्लाले बराबरी गोल गरेको थियो । उसका डोडी लुकेबाकियोले गोल गरेपछि पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो । बराबरीतर्फ उन्मुख खेलमा भिल्लारियलले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै आफ्नो पक्षमा ३ अंक लिन सफल भयो ।
अयोज प्रेजले अतिरिक्त सयमको पाँचौँ मिनेटमा गोल गर्दै जित दिलाएका हुन् । ला लिगामा भिल्ला रियलले २ खेलबाट ४ अंक बनाएको छ भने सेभिल्लाको २ खेलबाट १ अंकमात्रै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण