डब्लुएचओद्वारा एमपक्स नियन्त्रण योजनाको घोषणा
शनिबार, ०८ भदौ २०८१, १४ : १७
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार एमपोक्स भाइरसको नयाँ अधिक सङ्क्रामक (क्लेड१बी) भेरियन्ट नियन्त्रणका लागि आगामी ६ महिनामा कम्तिमा १३ करोड ५० लाख अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले डब्ल्यूएचओका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै भने, ‘एमपोक्सको नियन्त्रण सम्भव छ भन्ने कुरा स्पष्ट छ, तर यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।’
यो छ महिना अवधिको प्रकोप नियन्त्रण योजनाका लागि १३ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने उनले बताए । एमपक्सको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै गत हप्ता डब्लुएचओले यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण