नेपालगन्जमा छाडा पशु चौपाया व्यवस्थापन सुरु

बुटवल । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाले नगरमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापन गर्न थालेको छ । जथाभावीरुपमा पशु चौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि व्यवस्थापन गर्न थालिएको नगरपालिकाले जनाएको हो ।
शनिबारदेखि नगरका छाडा पशु चौपायालाई धपाउँदै काञ्जीहाउस लैजान थालिएको छ । छाडा छाडिएका ६४ वटा पशु वडा नम्बर २१ बिर्तास्थित काञ्जीहाउसमा लगिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिए ।
तीमध्ये गाई गोरु ५२ वटा र घोडा १२ वटा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशु चौपाया एकत्रित गरेर काञ्जीहाउस पुर्याएको हो ।
नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले आ(आफ्ना पशु चौपाया घरमै बाँध्न आग्रह गर्दे पशु चौपाया छाडा छाडेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिए । नेपालगन्जमा खुला सीमा नाका कारण पनि छाडा पशु चौपाया व्यवस्थापनमा चुनौती थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड