तनहुँ बस दुर्घटना : भारतीय एयरफोर्सको जहाजबाट २५ शव मुम्बई लगियो
चितवन । तनहुँ बस दुर्घटनामा मृत्यु भएका २५ जनाको शव भारतीय एयर फोर्सको जहाजबाट मुम्बई लगिएको छ । शनिबार चितवनस्थित भरतपुर विमानस्थलबाट २५ जनाको शव लिएर भारतीय एयरफोर्सको जहाज उडेको हो ।

एयरफोर्समा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि रहेकी छन् । दुर्घटनामा निधन भएका चालक र सहचालकको शव भने स्थलमार्ग हुँदै गोरखपुर लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
राज्यमन्त्री खड्से दुर्घटनामा परेका घाइतेको अवस्था बुझ्न र शव लिन शनिबारै काठमाडौँ आएकी थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यमन्त्री खड्सेलाई काठमाडौँ पठाएका थिए ।
शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट ४३ जना तिर्थयात्री सवार भारतीय युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्गदी नदीमा खसेको थियो । सो दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएका थिए । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।
_Zlhik4sBKj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण