पिनाकलले जित्यो अन्तर कलेज क्रिकेटको उपाधि
काठमाडौँ । एईसीसी प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि पिनाकल एकेडेमीले जितेको छ । हाइप यति इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन व्हाइट हाउसलाई ४ रनले पराजित गर्यो ।
चुनिखेल स्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा पिनाकलले दिएको ९९ रनको लक्ष्य पछ्याएको हिमालयन व्हाइट हाउस कलेजले पूरा १० ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा हिमालयन ह्वाइट हाउसको लागि नितिश मोक्तानले सर्वाधिक ३८ रन बनाए । मोहम्मद रियाजले १८ रन बनाए । पिनाकलको बलिङमा अभिषेक थापाले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द फाइनल समेत घोषित भएका थापाले ३ ओभरमा २२ रन खर्चिए । यस्तै अपराजित पौडेलले २ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको पिनाकलले निर्धारित १० ओभरमा ४ विकेट क्षतिमा ९८ रन बनायो ।
पिनाकलको लागि अभिषेक थापाले सर्वाधिक २४ रन बनाए ।यस्तै सन्देश खड्काले १८, हिमाल बिस्टले १६ तथा अपराजित पौडेलले १३ रन बनाए । ह्वाइट हाउसका जीवन कार्कीले २ विकेट लिए ।
विजेता पिनाकल कलेजले ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस अघि सम्पन्न पहिलो सेमिफाइनलमा पिनाकलले शिक्षान्तर कलेजलाई १२ रनले तथा हिमालयन ह्वाइट हाउसले एभीएस स्कुललाई २६ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पिनाकल एकेडेमीका अभिषेक थापा घोषित भए । यस्तै उत्कृष्ट ब्याटर शिक्षान्तर कलेजका कृष शाही ठकुरी, उत्कृष्ट बलर पिनाकल एकेडेमीका अभिषेक थापा, यस्तै उत्कृष्ट फिल्डर हिमालयन ह्वाइट हाउसका नितिश मोक्तान घोषित भए । विजेता खेलाडीहरूले मुख्य प्रायोजक एईसीसी, क्यालीबर सुज, गोपाला फ्रेसोको तर्फबाट गिफ्ट ह्याम्पर, मेडल तथा सर्टिफिकेट पाए ।
विजेता खेलाडीहरूलाई नेपाल विद्यार्थी संघ काठमाडौँका अध्यक्ष मनिष डंगोल, ई–स्पोर्ट्स एसोसीएसन नेपालका सचिव अधिराज रेग्मी, नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सिना तथा मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्यायले पुरस्कार प्रदान गरे । ४ दिन सम्म चलेको प्रतियोगितामा ३२ वटा टिमहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण