दैलेखमा चट्याङले चार जना घाइते
आइतबार, ०९ भदौ २०८१, ०७ : ३६
सुर्खेत । चट्याङ पर्दा दैलेखमा चार जना घाइते भएका छन् । शनिबार साँझ परेको चट्याङले महावु गाउँपालिका–२, पिपलपाटा निवासी ३० वर्षीय डिल बहादुर सुनार, २३ वर्षीय नगेन्द्र सुनार र ९ वर्षीय महेश सुनार घाइते भएका छन्।
यस्तै भगवतीमाई गाउँपालिका–१, राँका भन्ने ठाउँका २६ वर्षीय रेमश थापा पनि घाइते भएको प्रहरीले जनाएको छ ।
महावुका घाइते ३ जनामध्ये २ जनाको अवस्था सामान्य रहेको छ भने बढी असक्त भएका नगेन्द्र सुनारको मुटुको चाल असामान्य रहेकोले दैलेखमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण