फ्रान्समा समातिए टेलिग्रामका हाकिम
पेरिस । मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेका छन् । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पावेल दुरोभ आफ्नो निजी जेटमा पेरिसको ले बोर्गे एयरपोर्ट पुगेका थिए । त्यहीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । फ्रान्सेली प्रहरी अधिकारीहरुका अनुसार ३९ वर्षीय दुरोभलाई म्यासेजिङ एपसँग सम्बन्धित अपराधमा जारी भएको पक्राउ पुर्जीका आधारमा समातिएको हो ।
फ्रान्समा रहेको रुसी दूतावासले स्थिति सम्हाल्न तत्काल कदम चालिरहेको बताएको छ । टेलिग्राम एप रुस, युक्रेन र यस क्षेत्रका अन्य देशमा निकै लोकप्रिय रहँदै आएको छ । प्रयोगकर्ताको डाटा हस्तान्तरण गर्न अस्वीकार गरेपछि रुसले सन २०१८ मा यो एपमाथि प्रतिबन्ध लगाएको थियो । तर सन्२०२१ मा सो प्रतिबन्ध हटाइएको थियो ।
टेलिग्राम फेसबुक, युट्युब, ह्वाट्सएप, इन्ष्टाग्राम, टिकटक र विच्याटपछि विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल मञ्चमा पर्दछ । दुरोभले सन् २०१३ मा टेलिग्रामको स्थापना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण