अनुगमन गर्न गेटमा पुग्दा नेताहरूको फोन आइसक्छ : सभापति खान
काठमाडौँ । जनमत पार्टीका सांसद एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले उपभोक्ताहरूको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै खानले दलीय राजनीतिको व्यवस्थापन गर्न सके उपभोक्ताहरू नठगिने बताएका हुन् ।
उनले कानुनमा भएका कमी कमजोरी सच्याएर अघि बढ्न सके उपभोक्ताहरू नठगिने बताए । उपभोक्ताको अधिकार र आपूर्ति सहज बनाउन दलीय राजनीतिकरण बन्द गर्नुपर्ने उनको भनाई थियो ।
उनले सरकारमा दुई वटा ठुला पार्टी रहेकाले क्षमा याचना गर्ने मौका जनताले नदिने पनि बताए । उनले उद्योगहरूको अनुगमन गर्न जाँदा नेताहरूको फोन आउने र कारबाही गर्न नपाइने गरेको गुनासो गरे ।
उनले भन्नुभयो, ‘उपभोक्ताको अधिकार र आपूर्ति सहज हुनुपर्छ । यसको निम्ति हामीले दलीय राजनीतिकरण गर्नु हुँदैन । अहिले सबैभन्दा बढी सांसद मान्यज्यूहरू बसेको पार्टी नेपाली काँग्रेस हो । त्यसपछिको नेकपा एमाले हो । दुवै पार्टीहरू सरकारमा छन् । दुवै पार्टीको सम्मिलित सरकार छ । यी दुवै पार्टी सरकारमा भइसकेपछि क्षमा याचना गर्ने मौका जनतालेले दिने छैनन् । खास गरी कस्तो प्रकारको राजनीतिकरण भइरहेको छ, यो उपभोक्ताहरूको हक हितमा भने विभिन्न उद्योगहरू, विभिन्न कम्पनीहरूका सञ्चालकहरू हामी तपाईँसँगै जोडिएका छौँ । सबैभन्दा बढी नेपाली काँग्रेस र नेकपा एमालेसँगै जोडिएका छन् । अहिले केही अनुगमन गरी गेटमा पुग्दा पनि यहाँ नेताज्यूहरूको फोन आउँछ । उपभोक्ताको हक हितको रक्षा वास्तवमा गर्ने हो भने उद्योगी, व्यवसायीहरूको राजनीतिकरणमा लाग्नु हुँदैन ।’
उनले १५ खर्ब ५२ अर्बको आयात भइरहेको र निर्यात जम्मा १ खर्ब ५२ अर्बको निर्यात गरिरहेको बताए । १४ खर्ब ४२ अर्बको रेमिट्यान्स भित्र्याएर देशलाई धानिरहेको खानको जिकिर थियो । उनले देशमा भएका साधन र श्रोतको उचित प्रयोग गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । उनले आयात गर्नुपर्ने वस्तुमा कर्मचारीतन्त्र बढी उत्साहित हुने तर भएका उत्पादनलाई सही सदुपयोग गर्नेतर्फ जान नसकेको दाबीसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण