राजश्व गुमाउन भूमिका खेलेका सरकारी अधिकारीलाई अख्तियारले कारबाही गर्नुपर्छ : योगेश भट्टराई
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले राजश्व गुमाउन भूमिका खेलेका सरकारी अधिकारीलाई अख्तियारले कारबाही गर्नुपर्ने बताएका छन् । भट्टराईले विद्युत् प्राधिकरण लगायत सरकारको राजश्व गुमाउन भूमिका खेलेका सम्बन्धित पदाधिकारीहरुका बारेमा अख्तियारमा उजुरी दिनुपर्ने बताएका हुन् ।
आइतबार लेखा समिति बैठकमा बोल्दै सचिव भट्टराईले भने, ‘अख्तियार प्रमुखलाई बोलाएर सोधौं, विद्युत् प्राधिकरण लगायत नेपाल सरकारकारको राजश्व गुमाउन भूमिका खेलेका सम्बन्धित पदाधिकारीलाई अख्तियारमा पुन लेखी पठाउँ । अख्तियारलाई किन निर्देशन नमानेको भनेर सोधौं । पुनः लेखी पठाउँ ।’
उनले लाल आयोगदेखि विभिन्न समिति र लेखा समितिको निर्णयअनुसार गुमेका राजश्व फिर्ता गर्न पदीय जिम्मेवारी अनुसार जिम्मेवार व्यक्तिलाई कारवाही गर्न पुनः अख्तियारलाई निर्देशन दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण