राजश्व गुमाउन भूमिका खेलेका सरकारी अधिकारीलाई अख्तियारले कारबाही गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले राजश्व गुमाउन भूमिका खेलेका सरकारी अधिकारीलाई अख्तियारले कारबाही गर्नुपर्ने बताएका छन् । भट्टराईले विद्युत् प्राधिकरण लगायत सरकारको राजश्व गुमाउन भूमिका खेलेका सम्बन्धित पदाधिकारीहरुका बारेमा अख्तियारमा उजुरी दिनुपर्ने बताएका हुन् ।
आइतबार लेखा समिति बैठकमा बोल्दै सचिव भट्टराईले भने, ‘अख्तियार प्रमुखलाई बोलाएर सोधौं, विद्युत् प्राधिकरण लगायत नेपाल सरकारकारको राजश्व गुमाउन भूमिका खेलेका सम्बन्धित पदाधिकारीलाई अख्तियारमा पुन लेखी पठाउँ । अख्तियारलाई किन निर्देशन नमानेको भनेर सोधौं । पुनः लेखी पठाउँ ।’
उनले लाल आयोगदेखि विभिन्न समिति र लेखा समितिको निर्णयअनुसार गुमेका राजश्व फिर्ता गर्न पदीय जिम्मेवारी अनुसार जिम्मेवार व्यक्तिलाई कारवाही गर्न पुनः अख्तियारलाई निर्देशन दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने