सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ : मोदी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्ने बताएका छन् । आइतबार लेखा समितिको बैठकमा बोल्दै उनले सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्ने भन्दै यसमा किन्तु परन्तु केही नभएको बताएका हुन् ।
यसअघि समितिको बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समिति सभापति विपक्षी दलको हुने एमालेलाई थाहा भएको बताएका थिए । ७९ को निर्वाचन सभापति चयन गर्दा दलहरूबिच सहमतिमा बाँडफाँट भएको भन्दै पुनः अर्को सहमति भए एमालेले लेखा समिति सभापति छाड्ने बताएका थिए ।
त्यसको जवाफमा मोदीले भने, ‘एमाले सरकारबाट निस्किएपछि प्रतिपक्षका सांसदका रूपमा ऋषिकेश पोखरेललाई सभापति दिएको हो । एउटा कालखण्डमा कसैले अपराध गल्ती गर्यो भने त्यसरी नै जाने हो त ?’
सांसद मोदीले लोकतन्त्रमा सबैभन्दा सुन्दर पक्ष गल्ती दोहोर्याउने भन्दा सच्याउने रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण