१९ पटक सुकुम्वासी आयोग बन्यो तर समस्या समाधान भएन : सांसद चौधरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले १९ पटक सुकुम्वासी समस्या समाधानका लागि आयोग गठन भएपनि अहिलेसम्म किन समस्या समाधान नभएको भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै सांसद चौधरीले अब गठन हुने सुकुम्वासी समस्या समाधान आयोगमा निष्पक्ष व्यक्ति नियुक्त नगर्ने हो भने समस्या समाधान गर्न कठिन हुने बताए ।
भूमि व्यवस्था सहकारी र गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई बोलाएर छलफल गरिएको सो बैठकमा बोल्दै सांसद चौधरीले कैलालीको टिकापुर क्याम्पसको जग्गामा सुकुम्वासीहरू बसेकाले उनीहरूलाई कसरी व्यवस्थापन गर्ने त्यसबारेमा सरकारलाई ध्यानाकर्षण गराए । उनले स्वर्गद्वारीमा १ हजार ५० गुठीका किसानमध्ये ७५० मोही किसान रहेको बताउँदै मोही किसान र सरकारबिच यस अगाडि सहमति भएपनि त्यसको कार्यान्वयन नभएकोप्रति ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण