पाकिस्तानमा छुट्टाछुट्टै दुर्घटनामा परेर ३५ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानमा भएका सडक दुर्घटनामा ३५ जनाको ज्यान गएको छ । दुई छुट्टाछुट्टै दुर्घटनामा सो संख्यामा मृत्यु भएको हो । उत्तरी पाकिस्तानमा एउटा बस भिरबाट खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूका अनुसार यो घटना पाकिस्तान प्रशासित कश्मीर र पञ्जाब प्रान्तको सिमानामा रहेको आजाद पत्तन सहर नजिक भएको हो । बसमा चालकसहित २३ जना सवार थिए । बसमा १९ जना पुरुष, तीन महिला र एक बच्चा सवार रहेको बीबीसीको उर्दू सेवासँग कुरा गर्दै पुन्छका उपायुक्त सरदार वाहिदले भनेका छन् ।
उनका अनुसार सबैको घटनास्थलमै मृत्यु भएको हो । दक्षिणपश्चिम पाकिस्तानमा भएको अर्काे दुर्घटनामा इरानबाट धार्मिक तीर्थयात्राबाट फर्केका १२ जनाको मक्रन तटीय राजमार्गमा दुर्घटनामा परी मृत्यु भएको छ । बसको ब्रेक फेल भएर चालकले नियन्त्रण गुमाएपछि बस पल्टिएको थियो । यी दुई दुर्घटनाको केही दिनअघि आइतबार छिमेकी राष्ट्र इरानमा बस दुर्घटनामा ८ पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण