ओमानका विदेशमन्त्री नेपाल आउँदै
आइतबार, ०९ भदौ २०८१, १६ : ४७
काठमाडौँ । ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन अल बुसैदी नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा उनी सोमबार नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
दुई दिने भ्रमणमा नेपाल आउन लागेका मन्त्री अल बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अोलीलगायत उच्च नेपाली प्रतिनिधिसँग भेटघाट गर्ने बताइएको छ । दुई परराष्ट्रमन्त्री बिच द्विपक्षीय भेटवार्ताका साथै नेपाल–ओमान बिचको सम्बन्धलाई अझ बलियो बनाउन विभिन्न विषयमा दुई पक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री अल बुसैदी भदौं ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण