युएईमा तिज विशेष सांस्कृतिक कार्यक्रम हुँदै
सोमबार, १० भदौ २०८१, १२ : ३०
युएई । यस पटकको तिजमा युएईवासी नेपालीहरूलाई गायिका हरिदेवी कोइराला, गायक पुरुषोत्तम न्यौपाने र गायिका आशा बिसीले साङ्गीतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिने भएका छन् ।
युएईमा विगत एक दशकदेखि विभिन्न सामाजिक गतिविधिमा क्रियाशील कास्की आदर्श समाज युएईको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रमका लागि उनीहरू युएई जान लागेका हुन् ।
कार्यक्रम सेप्टेम्बर १ अर्थात् भाद्र १६ २०८१ का दिन युएईको बरदुवैस्थित अस्टोरिया होटेल को याक एन्ड यति क्लबमा हुने तय भएको समाजका महसचिव यम रानाभाटले बताए । उनले कार्यक्रमका लागि तयारी पुरा भईसकेको पनि जानकारी दिए ।
पछिल्लो समय तीजका कतिपय गीतहरू विवादित बनेको अवस्थामा कास्की आदर्श समाज युएईले पुराना कलाकारको उपस्थितिमा फरक किसिमको कार्यक्रम गर्न लागेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण