टेलर स्विफ्टले कमला ह्यारिसलाई समर्थन गर्ने
वासिङ्टन डिसी । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस पटकको चुनावमा रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् । यतिबेला अधिकांश अमेरिकीहरू ट्रम्प वा ह्यारिसको पक्षमा बाँडिएका छन् ।
अब यो सूचीमा टेलर स्विफ्टको नाम पनि थपिने भएको छ । यस वर्षको निर्वाचनलाई लिएर निकै उत्साह रहेको स्विफ्ट नजिकका स्रोतहरूले बताएका छन् । यस्तोमा अबको चारदेखि छ हप्ताभित्र टेलर ह्यारिसलाई साथ दिने तयारीमा रहेको बताइएको छ । स्रोतका अनुसार उनी ह्वाइट हाउसमा बलियो महिला हेर्न चाहन्छिन् । त्यसैले उनी उपराष्ट्रपतिलाई समर्थन गर्न आतुर रहेको बताइएको छ ।
स्विफ्टले सन् २०२० को चुनावमा बाइडेनलाई समर्थन गरेकी थिइन् ।
स्विफ्टलाई फलो गर्नेहरू धेरै छन् । यस्तोमा उनले अमेरिकी चुनावलाई धेरै हदसम्म प्रभावित पार्न सक्ने विज्ञहरूको विश्वास छ । अघिल्लो चुनावमा ‘गो भोट’ भन्दै स्विफ्टले गरेको अनुरोधले युवा मतदाताहरूको संख्या बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण