भ्रष्टाचारमा हदम्याद अमान्य : अखिल क्रान्तिकारी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीले भ्रष्टाचारमा हदम्यादको कुरा आफूहरूलाई मान्य नहुने बताएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनले भ्रष्टाचारीलाई जोगाउने र संरक्षण गर्ने उद्देश्यले हदम्यादको विषय उठाएको आरोप अखिल (क्रान्तिकारी)ले लगाएको छ ।
अध्यक्ष पंचा सिंहले आज एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले ल्याउन लागेको हदम्यादको विषय आफूहरूलाई मान्य नहुने जनाएकी हुन् ।
‘भ्रष्टाचारी जो सुकै भए पनि चाँडो वा ढिलो कानुनी कठघरामा उभिनै पर्छ र उनीहरू छानबिनको दायरामा आउनै पर्छ’ भन्ने स्पष्ट मान्यता अखिल (क्रान्तिकारी)को रहेको उनले जनाएकी छन् ।
भ्रष्टाचारीलाई मृत्युपछि पनि मुद्दा चलाउन सकिने ‘भ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ को प्रावधान संशोधन गरेर हदम्याद राख्न सरकारले अघि बढाएको विधेयक र तयारीले यो कुरा स्पष्ट सङ्केत गरेको अखिल (क्रान्तिकारी)ले जनाएको छ । भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेका निकटस्थहरूलाई कानुनी रूपमै उन्मुक्ति दिने उद्देश्यले आएको प्रस्ताव र तयारीप्रति अखिल (क्रान्तिकारी)ले खेद प्रकट गरेको छ ।
‘भ्रष्टाचार नेपाली समाजमा महारोग बनिरहेको सन्दर्भमा भ्रष्टाचारसम्बन्धी राष्ट्रसङ्घीय महासन्धि २००३ मा भ्रष्टाचारको मुद्दा चलाउने मामिलामा सकेसम्म हदम्याद राख्न नहुने र राख्नै परे लामो अवधिको राख्नुपर्ने प्रावधानलाई ध्यान दिन, बहुमतको आधारमा कानुनमाथि खेलबाड गर्ने कार्यमा तुरुन्त रोक लगाउन र सुशासनका निम्ति जिम्मेवार बन्न हामी सरकारसँग जोडदार माग गर्दछौँ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बहुमतको बलमा भ्रष्टाचारी चोख्याउने कानुन र आधार बनाउन खोजिन्छ भने अखिल (क्रान्तिकारी) त्यसको कडा प्रतिवाद गर्न तयार रहेको उनले जनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण