कान्तिलोकपथ र सिस्नेरी सडक सञ्चालनमा
मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको दुई वटा मार्ग सञ्चालनमा आएका छन् । आज अपराह्न परेको पानीका कारण अवरुद्ध भएको कान्तिलोकपथ र भीमफेदी–सिस्नेरी–फर्पिङ सडकखण्ड सञ्चालनमा आएको हो ।
सडक माथिबाट लेदो पहिरो झरेका कारण सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुर भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित कान्तिलोकपथ वर्षाका कारण लेदो पहिरो खसी अपराह्न ४ बजेपछि बाटो अवरुद्ध भएको थियो ।
बाटो अवरोध भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट खटिएको प्रहरी टोलीले सडक विभाग र ‘फास्ट ट्र्याक’सँग समन्वय गरी पहिरो पन्छाउने काम गरिएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।
यस्तै, कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नं ३ रामचन्द्र भञ्ज्याङमा सडकमाथिबाट लेदो पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण