चट्याङ लागेर सल्यानमा एक जनाको मृत्यु
मङ्गलबार, ११ भदौ २०८१, ०८ : ४६

सुर्खेत। चट्याङ लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुर सातखोलाका ५६ वर्षीय दलबहादुर कार्की रहेका छन् ।
सल्यान प्रहरीका सोमबार बेलुका कार्की आफ्नै घर नजिकैको गोठमा गएका बेला चट्याङले हानेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लिइएको थियो । त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरे ।
कार्की स्थानीय कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न उर्जामन्त्रीको निर्देशन
-
यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
राप्रपा अध्यक्ष लिङ्देनलाई प्रश्न : तपाईं संविधान मान्नु हुन्छ ?
-
कर्मकाण्डी नीति तथा कार्यक्रममाथिको बहस, सुन्ने कोही छैन (तस्बिरहरू)
-
प्रधानन्यायाधीश नेतृत्वको भ्रमण टोली स्वदेश फिर्ता, ‘लेटर अफ गुडविल’ मा हस्ताक्षर