लुम्बिनी प्रदेशमा ३५९ जना डेंगु सङ्क्रमित
बुटवल । लुम्बिनी प्रदेशमा ३५९ जना डेंगुका रोगी भेटिएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस सिजनमा हालसम्म पाल्पा जिल्लामा सबै भन्दै धेरै १४७ जना डेंगु रोगी भेटिएका छन्।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ तथ्याङ्क अधिकृत मान बहादुर ओलीका अनुसार रुकुम पूर्व जिल्लामा १, रोल्पामा ३, प्युठानमा ६, अर्घाखाँचीमा ११, पाल्पा जिल्लामा १४७, नवलपरासी पश्चिममा जिल्लामा १, रुपन्देही जिल्लामा ८४, दाङमा६८, बाँके ३० बर्दिया८ गरी ३५९ जना डेंगु रोगी भेटिएका छन्।
प्रदेशको कपिलवस्तु र गुल्मी जिल्लामा डेंगु रोगी भेटिए पनि प्रदेशको तथ्याङ्कमा भने उल्लेख छैन। प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना ओलीका अनुसार डेंगु रोगीले उपचार गरेको स्वास्थ्य संस्थाको आधारमा प्रदेशमा तथ्याङ्क राख्ने गरिन्छ।
त्यही कारणले गुल्मी र कपिलवस्तु जिल्लाका डेंगु रोगका बिरामीले अन्य जिल्लामा उपचार गराएकोले तथ्याङ्कमा नसमेटिएको उनले रातोपाटीलाई खुलाए। सङ्घीय स्वास्थ्य मन्त्रालयले भने बिरामीको ठेगानाको आधारमा तथ्याङ्क राख्ने हुँदा गुल्मी र अर्घाखाँचीमा डेंगु रोगी भेटिएको उल्लेख गरेको छ। यो डेंगु रोग पुस माघ महिनासम्म वृद्धि हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण