न्यायिक निकायले ममाथिको कारबाही बदर गरेपछि रवि लामिछाने राजीनामा दिन बाध्य हुन्छन् : मुकुल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि डा मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने दाबी गरेका छन् ।
मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि उनले यस्तो प्रंतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– 'रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ । '
उनले रास्वपा सभापछि रवि लामिछानेलाई नैतिक रूपले पतित पात्र भएको भन्दै सहकारी प्रकरणका सवालमा आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेको आरोप लगाएका छन् ।
उनले लेखेका छन्– 'रवि लामिछानेले आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण